PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

लामजुरामा हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु, यात्रु सबै मेक्सिकन नागरिक



पहिलोपोस्ट

लामजुरामा हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु, यात्रु सबै मेक्सिकन नागरिक

काठमाडौं : सोलुखुम्बुको लामजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै शव फेला परेको छ। 

आज बिहान सुर्केबाट काठमाडौंका लागि उडेको सो हेलिकप्टर १५ मिनेटमा सम्पर्क बिहीन भएको थियो। खोजी टोली परिचालन पछि हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

मृतकहरुको पहिचान खुलेको छैन। नागरिक उड्डयन प्राधिकरणले भने हेलिकप्टरमा सवार ६ जनाको विवरण सार्वजनिक गरेको छ। हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना पाइलट थिए।

हेलिकप्टरमा पाइटल सी बी गुरुङ, मेक्सिकन नागरिकहरु सिफुइन्टेस जी फर्नान्डो, गोनजालेज अब्रिक, गोनजालेज ओलासियो लुच, सिफुइन्टेस जी मारिया जोस र रिनकन इस्माइल थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell