PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सन् २०५० मा भारत र चीनको जनसंख्या कति पुग्ला ? यी १० देशमा हुनेछ सर्वाधिक जनसंख्या



पहिलोपोस्ट

सन् २०५० मा भारत र चीनको जनसंख्या कति पुग्ला ? यी १० देशमा हुनेछ सर्वाधिक जनसंख्या
Photo : Reuters

काठमाडौं : आज जुलाई ११। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष झै आजको दिन विश्व जनसंख्या दिवस मनाइँदैछ।

गएको एक वर्ष विश्वले जनसंख्यासम्बन्धी दुईवटा 'माइलस्टोन'हरु देख्यो। पहिलो सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ बिलियन पुग्यो। दोस्रो सन् २०२३ को अप्रिलमा चीनको जनसंख्यालाई उछिन्दै भारत विश्वकै धेरै जनसंख्या भएको राष्ट्र बन्यो।

विश्वका अधिकांश देशमा जनसंख्या वृद्धि दर पहिलाको तुलनामा घटेको पाइएको छ। दक्षिण एसियामा नेपाल र अफगानिस्तानमा मात्रै जनसंख्या २ प्रतिशत भन्दा बढी बढेको छ। संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार नेपालको जनसंख्या वृद्धिदर २.२४ रहँदा अफगानिस्तानको २.४ रहेको छ।भारतमा जनसंख्या वृद्धि दर ०.६८ रहेको छ भने चीनमा जनसंख्या वृद्धिदर ०.००४ रहेको छ। जनसंख्या वृद्धिदर कम भए पनि त्यहाँको जनसंख्या बढ्दो अनुपातमा रहेको छ।

सन् २०२२ मा १३४ मिलियन शिशु जन्मिएका थिए। औसतमा हरेक दिन ३ लाख ६७ हजार जयाँ शिशु जन्मिएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ। सो वर्ष विश्वभर ०.८ प्रतिशतले जनसंख्या बढेको छ।

सन् १९५५ मा विश्वभर २.८ बिलियन मानिस थिए। यो भनेको अहिले भारत र चीनको जनसंख्याको बराबर हो। सन् २०५० सम्म विश्वको जनसंख्या ९.७ बिलियन पुग्ने अनुमान छ।

सन्  २०५० मा भारतको जनसंख्या १ अर्ब ६७ करोड पुग्ने संयुक्त राष्ट्रसंघको प्रक्षेपण छ। सो बेलासम्म चीनको जनसंख्या १ अर्ब ३१ करोड नाघ्ने छ। ३७ करोड ७४ लाख बढी जनसंख्या हुँदै नाइजेरिया तेस्रो हुनेछ भने ३७ करोड ५३ लाख बढी जनसंख्या सहित अमेरिका चौथो। पाँचौंमा ३६ करोड ७८ लाख जनसंख्यासहित पाकिस्तान हुनेछ। त्यसपछि इन्डोनेसिया (३१ करोड ७१ लाख), ब्राजिल (२३ करोड), कंगो (२१ करोड ७४ लाख), इथियोपिया (२१ करोड ४८ लाख) र बंगलादेश (२० करोड ३९ लाख) धेरै जनसंख्या भएको देश हुने अनुमान छ।

तथ्यांक हेर्दा अफ्रिकामा जनसंख्या बढ्दो छ। नाइजर, युगान्डा, अनगोला, चाड, माली, कंगो र सोमालियामा जनसंख्या वृद्धि दर प्रति वर्ष ३ प्रतिशत भन्दा बढी छ। युरोप र पूर्वी एसियामा भने जनसंख्या वृद्धि दर घट्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell