PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आफ्नो नाम जोडिएको ललिता निवास प्रकरणबारे माधव नेपालले भने : छानबिन गरौं



पहिलोपोस्ट

आफ्नो नाम जोडिएको ललिता निवास प्रकरणबारे माधव नेपालले भने : छानबिन गरौं

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन्।

पाल्पामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका हुन्।

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरि बाहिर ल्याउनुपर्ने माग गरे।

आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो।

'सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ। उसले दण्ड पाउनुपर्छ,' उनले भने।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell