PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

मुलुक 'सेन्डिकेट' मा चलाउन खोजिएको कमल थापाको आरोप : चाँडै विस्फोट हुन्छ



पहिलोपोस्ट

मुलुक 'सेन्डिकेट' मा चलाउन खोजिएको कमल थापाको आरोप : चाँडै विस्फोट हुन्छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेन्डिकेटमा चलाउन खोजिएको र यो धेरै दिन नचल्ने भन्दै चाँडै नै विष्फोट हुने दाबी गरेका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालयमा नब गठित भ्रातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै  थापाले २०६२/६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको भन्दै मुलुक अहिले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्रित भएको तर्क गरे।

सम्पूर्ण रोग, भोक, अशिक्षा र गरिबीको रामबाण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हो भन्नेहरुले मुलुकको अस्तव्यस्तताको जिम्मा लिनुपर्ने तर्क थापाको रह्यो। अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफूहरुले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक, भ्रष्ट, अलोकतान्त्रिक देखिनु लज्जाको बिषय भएको समेत थापाले उल्लेख गरे। थापाले खेलकुद संगठनमा दमन बस्नेत, सनातन धर्म परिषद्मा प्राडा विष्णु भण्डारी, किसान संगठनमा डम्बर शिवाकोटी, मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपांग संगठनमा धर्मप्रसाद न्यौपानेलाई जिम्मेवारी दिँदै संगठन निर्माणमा उच्च मनोबलसहित क्रियाशिल हुन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell