PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विद्यापति नेपाल - भारत सम्बन्धको पुल : मन्त्री किराती



पहिलोपोस्ट

विद्यापति नेपाल - भारत सम्बन्धको पुल : मन्त्री किराती

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विद्यापति नेपाल - भारत सम्बन्धको पुल रहेको बताएका छन्। जनकपुरमा विद्यापति पुरस्कार २०७९ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। मैथिली भाषालाई साहित्यमार्फत वृहतररुपमा प्रवर्द्धनसँगै साहित्यमार्फत नेपाल र भारतको सम्बन्ध विस्तारका लागि साहित्यकार विद्यापतिको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

त्यस्तै विद्यापतिद्वारा लिखित नाटक मल्लहरुले प्रदर्शन गरेको इतिहास चर्चा गर्दै मधेश र पहाडलाई जोड्नसमेत साहित्यकार विद्यपतिले पुलको भूमिका निर्वहा गरेको मन्त्री किरातीले बताए। मैथिली साहित्यका महाकवि विद्यपतिको नामबाट स्थापित गरिएको विद्यापति पुरस्कारबाट  ५ जनलाई पुरस्कृत गरिएको हो। पुरस्कृत हुनेहरुमा भाषा साहित्यतर्फ आयोध्यानाथ चौधरी, अनुवादतर्फ रमेशकुमार यादव, पाण्डुलिपि महेन्द्रकुमार राई, कला संस्कृति आभाष र वैद्यानाथ पटेललाई प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell