PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल, अमेरिकी सेनाको जासुसी विमान खसाल्ने दिएको थियो धम्की



पहिलोपोस्ट

उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल, अमेरिकी सेनाको जासुसी विमान खसाल्ने दिएको थियो धम्की
File Photo: KCNA

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधवार जनाएअनुसार उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ।

प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो। त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार हो।

उक्क मिसाइल लामो दुरीको भएको बताइएको छ। पूर्वी तटमा प्योङयाङबाटै मिसाइल प्रहार गरिएको थियो।

स्थानीय समयअनुसार बिहान ९:५९ बजे मिसाइल प्रक्षेपण गरिएको जापानको कोस्ट गार्डले बताएको छ। सो मिसाइल जापानको सागर (पूर्वी समुद्र)मा खसेको बताइएको छ।

उत्तर कोरियाकी वरिष्ठ अधिकारी तथा नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी जासुसी विमान उत्तर कोरियाको विशेष आर्थिक क्षेत्रमा सोमवार करिब ८ पटकसम्म प्रवेश गरेको आरोप लगाएकी छिन्।

उत्तर कोरियाली नेता किम जोङ उन। File Photo: KCNA


‘बारम्बार अवैध घुसपैठ गरेको अवस्थामा अमेरिकी सेनाहरूले निकै कठिन अवस्थाको सामना गर्नुपर्नेछ,’ उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएद्वारा जारी विज्ञप्तिमा किमले भनेकी छिन्।

अमेरिका र दक्षिण कोरियाले संयुक्त रक्षा सहकार्यलाई तीव्र पारिरहँदा बढेको तनावका बिच उत्तरले मिसाइल प्रहार गरेको हो। यसैबिच, लिथुअनियामा आयोजित ‘नेटो सम्मिट’मा दक्षिण कोरिया, जापान र अमेरिका सहभागी छन्। जसको एजेण्डामा उत्तर कोरिया पनि परेको छ।

मंगलवार जारी नेटोको विज्ञप्तिमा उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार कार्यक्रम रोक्न आग्रह गरिएको छ। उत्तरको उक्त कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन हुने बताइएको छ।

‘हामी उत्तर कोरियालाई जापान, संयुक्त राज्य अमेरिका, र गणतन्त्र कोरियालगायत सम्बन्धित सबै पक्षहरूले प्रस्तुत गरेको वार्ताको बारम्बार प्रस्तावहरू स्वीकार गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

तर उत्तर कोरियाले वाशिङ्गटन वा सउलसँग वार्ता गर्न इच्छुक रहेको कुनै संकेत देखाएको छैन।

प्योङयाङमा निकालिएको अमेरिका विरोधी र्‍याली। Photo: Rodong Sinmun


‘अमेरिकी जासुसी विमानविरूद्ध किम यो जोङको आक्रमक कथन बाह्य खतरा देखाउँदै घरेलु समर्थन जुटाउन र हतियार परीक्षणलाई औचित्य दिन उत्तर कोरियाली ढाँचाको हिस्सा हो,’ सउलस्थित एवहा वुमन्स युनिभर्सिटीको इन्टरनेशनल स्टडिजका सहप्राध्यापक लिफ-एरिक इस्लेले भने।

गत महिना हजारौँ उत्तर कोरियालीहरूले कोरियाली युद्ध सुरु भएको ७३औं वर्षगाँठको अवसरमा प्योङयाङमा अमेरिका विरोधी र्‍याली निकालेका थिए। केसीएनएका अनुसार र्‍यालीमा सहभागीहरूले अमेरिकालाई ‘कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताको विनाशकर्ता’ भन्दै निन्दा गर्नुका साथै आणविक युद्धको चेतावनी समेत दिएका थिए।

यसैबिच, दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाको कुनै पनि सैन्य खतरालाई रोक्नको लागि संयुक्त र त्रिपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell