PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सीता दाहालको मृत्यु, पत्‍नी शोकमा प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

सीता दाहालको मृत्यु, पत्‍नी शोकमा प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्‍नी सीता दाहालको मृत्यु भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो।

प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार आज बिहान उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो। 

उनमा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो। उपचारका क्रममा ८:३३ मा निधन भएको अस्पतालले जनाएको छ।

माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो। 

पुष्पकमल दाहाल प्रचण्डले यसअघि २०७४ सालमा छोरा प्रकाश गुमाएका थिए। प्रकाशको निधन पनि कार्डिक अरेस्टबाटै भएको थियो। त्यसअघि उनकी छोरी ज्ञानु दाहालको २०७० सालमा मृत्यु भएको थियो। उनी क्यान्सर पीडित थिइन्। 

प्रचण्ड र सीताका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरपालिकाका मेयर हुन् भने गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell