PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित



पहिलोपोस्ट

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : बुधवार बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक अब साउन २ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको बुधवार बिहान ८:३३ बजे मृत्यु भएको हो।

प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार बुधवार बिहान उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell