PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सीता दाहालको पार्थीव शरीरलाई लगियो पेरिसडाँडा

सीता दाहालको पार्थीव शरीरलाई लगियो पेरिसडाँडा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीरलाई नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको छ। दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ।

बुधवार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

दाहालको ६९ वर्षको उमेरमा बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell