PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

महानगरअघि गुञ्जियो 'गरिबको चमेली बोलिदिने कोही छैन', बालेनलाई प्रश्न : यो शहर धनीको मात्रै हो?

महानगरअघि गुञ्जियो 'गरिबको चमेली बोलिदिने कोही छैन', बालेनलाई प्रश्न : यो शहर धनीको मात्रै हो?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगर प्रहरीले ठेलागाडा र साइकलमा व्यवसाय गर्दै हिँड्नेहरुलाई अभद्र व्यवहार गरेको विरोधमा आज प्रदर्शन गरिएको छ। महानगर प्रमुख बालेन्द्र शाहको शैली प्रति प्रश्न गर्दै अभियन्ता र स्वतन्त्र युवाहरु बागदरबारस्थित महानगर कार्यालय बाहिर पुगेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले गरिबको चमेली गीत गाएका थिए। गरिबको नाममा गीत गाउने अनि गरिबलाई पनि व्यवसाय गर्द नदिने भन्दै अहिले बालेनको आलोचना भइरहेको छ। निर्वाचन अघि बालेनले गरिबहरुका लागि काठमाडौं बस्न योग्न बनाउने र सडकमा व्यापार गर्नहरुलाई व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनले यसबारे कुनै योजना नल्याइ गरि खानेहरुलाई रोकेको भन्दै प्रदर्शन भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell