PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सीताको शवमा माला अर्पण गर्दा प्रचण्डको मलिन मुहार, ओसिला आँखा

सीताको शवमा माला अर्पण गर्दा प्रचण्डको मलिन मुहार, ओसिला आँखा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पार्थिव शरीर अहिले पेरिसडाँडामा राखिएको छ। आज बिहान सीताको निधन नर्भिक अस्पतालमा भएको हो।

प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालयमा सीतालाई फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे। त्यसक्रममा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि थिए। उनीहरु सबै भावुक हुँदै सीतालाई फूल चढाइरहेका थिए। परिवारका कसैको पनि आँखा ओभानो देखिएन। लामो समय थलिएकी उनको मृत्यु आज नर्भिक अस्पतालमा कार्डिक अट्याकका कारण भएको हो।

अहिले पेरिसडाँडामा मन्त्री, विभिन्न दलका नेता कार्यकर्ता र माओवादीका शुभेच्छुक पुगेर सीतालाई श्रद्धाञ्जली व्यक्त गर्दैछन्। 



ट्रेन्डिङ पोस्ट

Ncell