PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त



पहिलोपोस्ट

राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्। राष्ट्रपति पौडेलले बुधवार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell