PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

इजरायली राजदूत पनि पुगे पेरिसडाँडा, अमेरिकी र अस्ट्रेलियाका राजदूतहरुले पनि दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

इजरायली राजदूत पनि पुगे पेरिसडाँडा, अमेरिकी र अस्ट्रेलियाका राजदूतहरुले पनि दिए श्रद्धाञ्जली

काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको आज बिहान निधन भयो। नर्भिक अस्पतालमा उनको आज निधन भएको हो। अहिले सीताको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ।

नेपालका लागि विभिन्न देशका लागि राजदूतहरुले पनि सीताको निधनमा शोक व्यक्त गरेका छन्। चिनियाँ राजदूत छन् सोङेले पेरिसडाँडामै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

इजरायली राजदूत हनान गोदरले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै, नेपालस्थित उत्तर कोरियाली राजदूतावासका प्रतिनिधि पनि पेरिसडाँडा पुगेका थिए।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले युएस मिसनकै तर्फबाट प्रचण्डलाई सम्वेदना प्रकट गरेका छन्।

यस्तै, नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले पनि सीता दाहालको देहवसान प्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्। उनले प्रचण्ड र सम्पूर्ण परिवारजनमा सम्वेदना प्रकटसमेत गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell