PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सीता दाहालको निधनले नरेन्द्र मोदी मर्माहित, प्रचण्डलाई प्रकट गरे समवेदना



पहिलोपोस्ट

सीता दाहालको निधनले नरेन्द्र मोदी मर्माहित, प्रचण्डलाई प्रकट गरे समवेदना
फाइल फोटो

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनले आफू मर्माहत भएको बताएका छन्। नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको आज निधन भएको हो।

मोदीले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्तसमेत गरेका छन्।

माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो।

सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो। उपचारका क्रममा ८:३३ मा निधन भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell