PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय
सीता दाहाललाई प्रचण्डको 'लाल सलाम'

काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेकपा माओवादी केन्द्रका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्‍नी सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ।

सीताको बुधवार बिहान निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो। नर्भिक अस्पतालमा बिहान ८:३३ बजे कार्डिक अरेस्टका कारण उनको मृत्यु भएको हो।

'अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,' बैठकको निर्णयमा भनिएको छ।

बैठकले शोक प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ। स्थापनाकालदेखि नै माओवादी राजनीतिमा सक्रिय सीताको ६९ वर्षको उमेरमा निधन भएको हो। उनको आजै अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell