
काठमाडौं : दुई दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ। बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँ बढेको हो।
आज सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीमा ५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय रुपैयाँ भएको छ।