PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

रोल्पाको रुन्टीगढी-४ का वडा अध्यक्ष पुनको मृत्यु



पहिलोपोस्ट

रोल्पाको रुन्टीगढी-४ का वडा अध्यक्ष पुनको मृत्यु

बुटवल : रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ।

३७ वर्षीय पुनको दाङको घोराहीस्थित राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार मध्यान्ह १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

वडा अध्यक्ष पुनलाई मंगलबार उपचारका लागि रोल्पाबाट दाङ ल्याइएको थियो। टंकबहादुरलाई स्क्रब टाइफस देखिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए। 

पुन गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell