PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पशुपतिमा रसिला आँखा लिएर श्रीमती सीतालाई बिदा गरे प्रचण्डले, भावविह्वाल भइन् बुहारी बिना

पशुपतिमा रसिला आँखा लिएर श्रीमती सीतालाई बिदा गरे प्रचण्डले, भावविह्वाल भइन् बुहारी बिना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज बिहान ८:३३ बजे नेकपा माओवादीकी केन्द्रीय सल्लहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भयो। सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो। उपचारका क्रममा उनको निधन भयो।

त्यसपछि उनको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडा लगियो। त्यहाँ शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाट लगेर उनको अन्त्येष्टि गरियो।

सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डसँगै छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका थिए। दागबत्ती दिएर फर्किँदै गर्दा प्रचण्ड फेरि आर्यघाट तर्फ मोडिए र उपस्थित सबैलाई मलिन अनुहार र रसिला आँखासहित नमस्कार गरे। बुहारी बिना मगर अन्त्येष्टी भर भावविह्वल भइन्। 

राजकीय सम्मानसहित सीताको अन्त्येष्टि गरिएको हो। सरकारको तर्फबाट उप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँगै प्रधानमन्त्री प्रचण्डले सीताको शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए।

त्यसपछि सेनाको टुकडीले सीतालाई सलामी दिएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले सीतालाई राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

सीतालाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेतासहित सरकारी अधिकारी, प्रहरी र सेना प्रमुख र अधिकृतसँगै शुभेच्छुकहरु पुगेका थिए।

माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell