PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वानएक्स बेट प्रकरणः कलाकारसँग ५ हजार रुपैयाँ धरौटी माग, खातामा करौडौंको कारोबार देखिनेसँग १० लाख



पहिलोपोस्ट

वानएक्स बेट प्रकरणः कलाकारसँग ५ हजार रुपैयाँ धरौटी माग, खातामा करौडौंको कारोबार देखिनेसँग १० लाख

काठमाडौं: ‘वान एक्स बेट’ प्रकरणमा प्रहरीले पक्राउ गरेका केही कलाकार र अन्य गरेर १० जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले ११ जनाविरुद्ध सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। थुन्छेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। एकलाई भने फरार अवस्थामा मुद्धा दायर गरिएको थियो। 

जेठ ३२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) लगायतलाई पक्राउ गरेको थियो।

आफ्नो युट्‍युब च्यानलमा वान एक्स बेटको विज्ञापन गरेको आरोप उनीहरुमाथि लगाइएको थियो। घटनाको मुख्य अभियुक्त भने दिनेश खड्का भन्ने युवक देखिएका छन्। उनले रामविलास थारु, तेजबहादुर कठायत, नवीन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंक खाता खोलेका थिए। १२ वटा बैंकबाट ६४ करोडको कारोबार गरेको पहिलो चरणको अनुसन्धानमा खुलेको थियो। उनीसँगै दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने पनि समातिएका थिए।  दिनेशसँग भने अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ। अनिताको हकमा भने  ५ लाख रुपैयाँ माग गरेको हो। मोरङ घर भएका कुशल पोखरेललाई भने फरार प्रतिवादीका रुपमा राखिएको छ।

प्रहरीसँगको बयानमा मुख्य अभियुक्त दिनेश खड्का र अनिता धितालले भने इन्कारी बयान दिएका छन्। प्रहरीको अनुसन्धानमा दिनेश लगायत अन्य व्यक्तिको खातामा रहेको ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो समेत जफत गर्न माग गरिएको थियो।

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले भने आफूलाई 'ढेडु बुढो' भन्ने सरोज घिमिरेले युट्युबमा मार्फत वान एक्स बेटको विज्ञापन गर्न प्रोमो कोर्ड उपलब्ध गराएको बताएका छन्। जसमा यकिन कारोबार थाहा नभएपछि ५० हजार रुपैयाँको आर्थिक लाभ समेत लिएको बताएका छन्। आफूलाई यस्तो विज्ञापन गर्न नहुने थाहा नभएकाले उनले गल्ती भएकाले कानुन अनुसार कारबाही गर्न माग गरेका छन्।

बयानमा उनले भनेका छन्,' उक्त कार्य गर्न नहुने रहेछ। गल्ती भएकाले कानुन बमोजिम होस्।'  प्रोमोकोड दिएर दुई महिना अगाडिदेखि विज्ञापन गरिरहेको उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell