PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम



पहिलोपोस्ट

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

सोही मौसमी प्रणालीका कारण हाल कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

बिहीवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell