
काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बुधवारको भन्दा तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो।
बिहीवारका लागि सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। बिहीवार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएको छ। बुधवार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा यसको असर स्थानीय बजारमा देखिएको छ। बुधवार प्रतिऔंस १९३९.०५ डलर रहेको सुन बिहीवार बढेर प्रतिऔंस १९५६.७४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २३.२६ डलरबाट वृद्धि भएर बिहीवार २४.७३ डलरमा कारोबार भइरहेको छ।