PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

थाइल्यान्डमा 'प्रयुथ शासन'को अन्त्य गर्दै पिता बन्लान् प्रधानमन्त्री?



पहिलोपोस्ट

थाइल्यान्डमा 'प्रयुथ शासन'को अन्त्य गर्दै पिता बन्लान् प्रधानमन्त्री?
Photo : Reuters

सेना समर्थित सरकार रहेको थाइल्यान्डमा आजको दिन त्यहाँको प्रजातन्त्रको लागि निकै महत्वपूर्ण क्षण हो। आज थाइल्यान्डको संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुँदैछ।

गएको निर्वाचनमा मुभ फर्वार्ड पार्टी त्यहाँको ठूलो दल बनेको थियो। र, सो पार्टीका नेता पिता लिमजारोएनराटलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर, सैन्य सरकारले जनमतको कदर गर्दै सत्ता हस्तान्तरण गर्ने देखिएको छैन। आजको संसदमा यसको छिनोफानो हुनेछ।

बुधवार मुभ फर्वार्ड पार्टी र नेता पिताको विरुद्ध दुईवटा उजुरी दर्ता भएका छन्। अर्को हप्ता सो हप्तामा सुनुवाइ हुने तय भएको छ। यो मुद्दा अघि बढेमा पिता राजनीतिक जिम्मेवारीबाट अगल हुनुपर्नेछ। उनीको मिडिया कम्पनीमा लगानी रहेको र त्यो निर्वाचन कानुन उल्लंघन भएको आरोप लगाइएको छ। पिताले सो आरोपको खण्डन गरेका छन्।

गत मे महिनामा थाइल्यान्डका जनताले सैनिक समर्थित शासन व्यवस्थालाई अस्वीकार गरेका थिए। तदानमा सत्तारुढ सुनाइटेड थाइ नेश्नल पार्टीलाई मतदाताले अस्वीकार गरेका थिए। थाइल्यान्डको निर्वाचन आयोगका अनुसार निर्वाचनबाट मुभ फर्वाड पार्टी पहिलो दल बनेको थियो। सो पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै ३९ 'पार्टी लिस्ट' सिट जितेको छ। दोस्रोमा फिउ थाइ पार्टी रहेको छ। यो पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै २९ पार्टी लिस्ट सिट जितेको छ। फिउ थाइको नेतृत्व पेतङतरन सिनावात्राले गरेकी छिन्। उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्।

६८ क्षेत्र र ३ पार्टी लिस्ट सिटसहित भुमजेथाइ पार्टी तेस्रो, ३९ क्षेत्र र १ पार्टी सिटसहित पलाङ प्रजारथ पार्टी चौथो बनेको छ। वर्तमान प्रधानमन्त्री प्रयुथ चन ओचाको पार्टी युनाइटेड थाइ नेश्न पार्टीले २३ क्षेत्रमा जित र १३ पार्टी लिस्ट सिट जित्दै पाँचौ दल बनेको छ।

प्रयुथले सन् २०१४ मा 'कू'को नेतृत्व गर्दै थाइल्यान्डमा सैनिक शासन लागू गरेका थिए। मे महिनामा भएको निर्वाचनमा भने सत्तारुढ गठबन्धनले मात्र १५ प्रतिशत सिट जित्न सफल भएको थियो। सो मतदानले जनता 'प्रयुथ शासन'को पक्षमा नरहेको देखिएको थियो।

सबैभन्दा ठूलो दल बनेको मुभ फर्वार्डका ४२ वर्षीय पिता लिमजारोएनराटले अब देशको ३० ‍औं प्रधानमन्त्री बन्न तयार भएको बताएका छन्। निर्वाचनको समयमा यो दलले यति धेरै सिट जित्छ भनेर कसैले आकंलन गरेका थिएनन्।

मतदान परिणाम सार्वजनिक भएसँगै सैनिक समर्थित सरकारले जनताले दिएको परिवर्तनको 'म्यान्डेट' पालना गर्छ कि गर्दैन भनेर प्रश्न उठ्न थालेको थियो। संसदमा अर्को सरकार गठनका लागि हुने मतदानमा प्रधानमन्त्री प्रयुथको नेतृत्वमा रहेको सैनिक सरकारले नियुक्त गरेका २५० जना सिनेटरले मतदान गर्न पाउँछन्। संसदमा आजको निर्वाचनले पिताको भविष्य निर्धारण गर्छ। पिताको नेतृत्वमा सरकार बन्ने बन्ने अड्कल बिच गत मंगलवार प्रयुथले राजनीतिबाट संन्यासको घोषणा गरेका थिए। यसकारणले पनि त्यहाँको राजनीति अब कुन दिशामा अघि बढ्छ भन्ने प्रस्ट हुन सकेको छैन।

थाइल्यान्डमा फेरि 'कू' हुने सम्भावना नरहे पनि मुभ फर्वार्ड पार्टीलाई नै अदालतले प्रतिबन्ध लगाउन सक्ने समेत आशंका गरिएको छ। सन् २०२० मा फ्युचर फर्वार्ड पार्टीलाई त्यसरी नै प्रतिबन्ध लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell