PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बन्दिपुरमा सुरु भयो ‘श्रद्धा-सुमन’को वर्कशप



पहिलोपोस्ट

बन्दिपुरमा सुरु भयो ‘श्रद्धा-सुमन’को वर्कशप

काठमाडौं : अन्तरजातीय प्रेम कथालाई आधार बनाएर ‘श्रद्धा-सुमन’ निर्माण हुने भएको छ। के डी प्रशितको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको आजबाट बन्दिपुरमा 'वर्कशप' समेत सुरु भएको छ।

यस फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन्। फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन्। एक ब्राह्मण युवक र तामाङ युवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए।

फिल्ममा दीपक र आकांक्षाका साथै कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेल लगायतको अभिनय रहनेछ। भदौ १५ गतेबाट सुरु हुने फिल्मको छायाङ्कन बन्दिपुर, चितवन र पोखरामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell