PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हात्तीछापमा सौगातको राजा अवतार



पहिलोपोस्ट

हात्तीछापमा सौगातको राजा अवतार

काठमाडौं: असार २४ गतेबाट छायाङ्कन भइरहेको फिल्म ‘हात्तीछाप’को सेटबाट अभिनेता सौगात मल्लको लुक्स बाहिरिएको छ। भित्तामा झुण्ड्याइएको चित्रमा सौगातलाई राजाको अवतारमा देख्न सकिन्छ।

निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा अभिनेता सौगातसहित अभिनेत्री उपासना सिंह ठकुरी आजबाट जोडिएका छन्।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सिमोस सुनुवारको निर्देशन रहेको छ। सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।

फिल्ममा दयाहाङ राई र बेनिशा हमाल पनि मुख्य भूमिकामा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell