PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै



पहिलोपोस्ट

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै
फाइल फोटो

काठमाडौं : दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदेछन्। अमेरिकी दूतावासले एक सूचना जारी गरि लु भोलि काठमाडौं आउने जनाएको हो।

काठमाडौं बसाईका क्रममा लुले विभिन्न राजनीतिक दलका नेताहरु सँग भेट गर्नेछन्। यस्तै, अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि उनले भेटघाट गर्नेछन्। त्यसक्रममा उनले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न भइरहेका प्रयासहरु बारे उनले बुझ्ने प्रयास गर्नेछन्।

यसपटकको भ्रमणमा लुले मिलिनियम च्यालेन्ज कर्पोरेशनको प्रगतिबारे पनि बुझ्ने जनाइएको छ। सन् २०२२ को जुलाईमा पनि उनी नेपाल आएका थिए। गत वर्ष सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आइपुगेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell