PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध



पहिलोपोस्ट

माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल : पहिरोका कारण बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।

सडक माथिबाट ढुंगासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ।

सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरालगायतका स्थानमा जाने र आउने सवारी साधन बिच बाटोमै रोकिएका छन्।

बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell