PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

शाहरुखलाई प्रश्न - तपाईँ आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ? : के दिए होलान् जवाफ?



पहिलोपोस्ट

शाहरुखलाई प्रश्न - तपाईँ आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ? : के दिए होलान् जवाफ?

बलिउडका स्टार शाहरुख खान फिल्म प्रवर्द्धनमा फरक शैलीसहित उत्रिन्छन्। फ्यानलाई आफूसँग जोड्न सिपालु छन् उनी। यतिखेर शाहरुख ट्विटरमा भिडिरहेका छन्। रिलिजको मुखैमा रहेको फिल्म 'जवान'को प्रवर्द्धनका लागि उनी रणनीतिक हिसाबले अगाडि बढिरहेका छन्। पछिल्लो समय उनको फिल्म पठानले कमाइको मामिलामा सबैखाले रेकर्ड तोड्यो। पठानपछि ठूलो पर्दामा आएका शाहरुख खानको अब रिलिज हुने फिल्म 'जवान'प्रति धेरैको नजर छ। 

बिहीवार मध्यान्न एकाएक शाहरुख ट्विटरमा आए ह्यास ट्याग जवान सहित। आफ्नो फ्यानलाई प्रश्न सोध्न भन्दै उनले चलाउने ह्यासट्याग आस्क एसआरके मार्फत् उनी दर्शकसँग जोडिए। उनलाई धेरैले रोचक प्रश्नहरु गरेका थिए। उनको जवाफ पनि कम रोचक देखिएन। 

एक फ्यानले शाहरुखलाई सोधे - 'तपाईँ आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ?' सेन्स अफ ह्युमरमा तगडा खानले जवाफ दिए - 'तपाईँ आफ्नो तलब आफैँले तिर्ने गर्नुहुन्छ?'

एक फ्यानले उनलाई पठानको सन्दर्भ सहित प्रश्न गरे - पठानले बक्स अफिस नै तोडफोड गर्‍यो। अब जवान लिएर आउनुभएको छ। यो फिल्मबाट के हासिल गर्ने लक्ष्य छ?

खानले जवाफ दिएका छन् - एकै लक्ष्य हुने गर्छ सधैं। तपाईँ सबैलाई मनोरञ्जन दिन सकु वस। तपाईलाई मन पर्ने छ।

फ्यानहरुसँग कुराकानीमा उनले फिल्मका निर्देशकका सन्दर्भका कुरा पनि उठाएका छन् भने दर्शकलाई सन्तुष्टि दिनेमा निश्चिन्त देखिएका छन्।

दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एट्लीले जवानको निर्देशन गरेका हुन्। फिल्ममा दीपिका पादुकोणका साथै दक्षिण भारतीय स्टार नयनतारा र विजय सेतुपती पनि मुख्य भुमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell