PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त सानोभर्‍याङबाट समातिए



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त सानोभर्‍याङबाट समातिए

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भएका ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो। उनलाई बुधवार काठमाडौंको सानोभर्‍याङबाट नियन्त्रणमा लिएको हो।

असार १ गते नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ‘हाइप्रोफाइल’ व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पुर्पक्षको लागि थुनामा छन्।

त्यस्तै, केशव दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, सन्दीप रायमाझी, शमशेर मियाँ, आङटावा शेर्पा, रामशरण केसी, गोविन्द चौधरीलाई पनि कारागारमा राखिएको छ। फरार रहेका अन्य मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell