PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

नेपालसहित चार देशका दर्शकले स्टार स्पोर्ट्सबाट हेर्न पाउनेछन् इमर्जिङ टिम्स एसिया कप



पहिलोपोस्ट

नेपालसहित चार देशका दर्शकले स्टार स्पोर्ट्सबाट हेर्न पाउनेछन् इमर्जिङ टिम्स एसिया कप

काठमाडौं : आजबाट श्रीलंकामा इमर्जिङ टिम्स एसिया कप सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन रोहित पौडेलको कप्तानीमा नेपाली टोली पनि श्रीलंका पुगेको छ।

प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले शुक्रवार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, दोस्रो खेलमा भारतसँग १७ जुलाई र यूएईसँग १९ जुलाईमा प्रतिस्पर्धा गर्दैछ नेपालले।

चार देशहरु (भारत, श्रीलंका, बंगलादेश र नेपाल) का दर्शकहरुले श्रीलंकामा हुने खेलहरु स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हेर्न पाउने एसियाली क्रिकेट परिषद (एसीसी)ले जनाएको छ*। यी चार देश बाहेकका दर्शकले भने एसीसीकै युट्युबमा खेल हेर्न सक्नेछन्।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र ओमनका 'ए' टोली तथा नेपालको सहभागिता रहेको छ।

*यसअघि भूलवश गलत तथ्य लेखिएको हुँदा समाचार सच्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell