PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



पहिलोपोस्ट

सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २० गते पक्राउ गरेको थियो। त्यसपछि उनका भाईले गैर कानुनीरुपमा कृष्णबहादुरलाई थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए।

बिहीवार तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४०६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २०९ जनाको पक्राउ पूर्जी समेत लिइसकेको छ। रावतलाई भने मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीमा प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको ११० जनाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पूर्जी प्रहरीले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell