काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्। राष्ट्रपति पौडेलले बिहीवार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र वर-पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन्।
राष्ट्रपति पौडेलले वर-पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगतै निर्देशन दिएका थिए। सोहीअनुरूप बिहीबार पूजा अर्चनासहित वर-पीपल रोपेका हुन्। राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपिएको हो। सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ।