PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक खुल्यो



पहिलोपोस्ट

पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक खुल्यो
फाइल फोटो

बुटवल : पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडकखण्ड संचालनमा आएको छ। बिहीबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो।

पहिरो हटाइएपछि सवारी संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। सडक संचालनमा आएसँगै बिच बाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिँडेका छन्।

बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell