PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता



पहिलोपोस्ट

थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता
Photo : Reuters

थाइल्यान्डमा भएको संसदीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको मुभ फर्वाड पार्टीका नेता पिता लिमजारोएनराट प्रधानमन्त्री बन्नबाट रोकिएका छन्।

बिहीवार भएको निर्वाचनमा एकमात्र उम्मेदवार रहेका पिताले प्रधानमन्त्री बन्न संसदबाट समर्थन पाउन नसकेको हो।

पितासहित ८ वटा दलसँगै तल्लो सदनमा ३१२ भोट छ। तर प्रधानमन्त्री बन्न उनलाई ३७५ मत आवश्यक थियो। उनलाई माथिल्लो सदनमा रहेका केही कन्जर्भेटिभ सांसदहरुको समर्थन दिएमामात्रै प्रधानमन्त्री बन्न बाटो खुल्थ्यो। त्यस्ता २४९ सांसदहरुलाई सन् २०१४ को कूपछि सेनाले नियुक्त गरेको थियो। पिताले उनीहरुको समर्थन पाउनु असम्भव नै थियो।

आज भएको मतदानमा पिताले ३२३ मत पाएका थिए। १३ मत सिनेटरहरुले दिएका थिए। १८२ जनाले उनीविरुद्ध मतदान गर्दा १९८ जना अनुपस्थित रहे।

राजसंस्थाको अपमान गर्न गरि कानुन संशोधन गर्ने मुभ फर्वार्ड पार्टीको योजनाको सिनेटरहरुले विरोध गरिरहेका छन्। पिताले भने भने थाइल्यान्डलाई सैन्य शासन मुक्त गर्ने घोषणासमेत गरेका थिए।

बुधवार मुभ फर्वार्ड पार्टी र नेता पिताको विरुद्ध दुईवटा उजुरी दर्ता भएको थियो। अर्को हप्ता सो हप्तामा सुनुवाइ हुने तय भएको छ। यो मुद्दा अघि बढेमा पिता राजनीतिक जिम्मेवारीबाट अगल हुनुपर्नेछ। उनीको मिडिया कम्पनीमा लगानी रहेको र त्यो निर्वाचन कानुन उल्लंघन भएको आरोप लगाइएको छ। पिताले सो आरोपको खण्डन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell