PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्ज्युरी समयमा सावित्राले गोल फर्काउँदा बराबरीमा रोकिए नेपाल र बंगलादेश



पहिलोपोस्ट

इन्ज्युरी समयमा सावित्राले गोल फर्काउँदा बराबरीमा रोकिए नेपाल र बंगलादेश
Photo: ANFA

काठमाडौँ: नेपाल महिला फुटबल टोली घरेलु टोली बंगलादेशसँग बराबरीमा रोकिएको छ। ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ६५ औँ मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। हारको समिप पुगेको नेपाललाई सावित्रा भण्डारीले जोगाइन्। उनले खेलको इन्युरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell