PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'सिल्क रोडस्टर' फोरम स्थापना, नेपालमा पनि गरियो सुरुवात

'सिल्क रोडस्टर' फोरम स्थापना, नेपालमा पनि गरियो सुरुवात

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआइआर) को १० वर्ष पूरा भएको अवसरमा ‘सिल्क रोडस्टर’ स्थापना गरिएको छ। चीन र पूर्वी र दक्षिण एसियाली राष्ट्रबिच समन्वयका  लागि चिनियाँ कम्युनिष्टी पार्टीले यो फोरमको स्थापना गरेको हो।

नेपालमा पनि बीआरआइ १० वर्ष पुगेको अवसरमा 'सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर' कार्यक्रम आयोजना गरिएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा चिनियाँ राजनीतिज्ञसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायत विभिन्न राजनीतिक दलका नेता उपस्थित थिए।

कार्यक्रममा चिनियाँ प्रतिनिधिहरुले सिल्क रोडस्टर कार्यक्रमबारे धारणा राखेका थिए। सोही कार्यक्रमबिच आज भक्तपुरमा नागरिकहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो।

यो फोरमले आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउनुका साथै जनताको जीवनमा सुधारमा सकारात्मक योगदान गर्ने बताइएको छ।

‘सिल्क रोडस्टर’ले प्राविधिक कौशल प्रशिक्षण, जनतालाई सेवाहरू, विदेशमा अध्ययन परियोजनाहरू, छोटो-अवधिक आदान-प्रदान, उद्योगहरू बीचको सहयोग, सांस्कृतिक प्रदर्शनी र आदान-प्रदान कार्यक्रमहरू संचालन गर्न यस्ता दक्षिण पूर्वी र दक्षिण एशियाली देशहरूसँगको सहयोग गर्ने लक्ष्य राखेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell