PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : पूर्वी नेपालको सुनसरी र मोरङमा अहिले अति भारी वर्षा भइरहेको छ। बिहानैदेखि त्यहाँ भारी वर्षा भइरहेकोले अति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सुनसरीको इटहरी र मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपास अति भारी वर्षा भइरहेको हो। वर्षाका कारण बुढीखोला, खेसलिया, सुनरसी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, होचा स्थानमा डुबानको उच्च जोखिम रहेको जनाइएको छ।

महाशाखाले तटीय क्षेत्रमा बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell