काठमाडौँ : राजधानीको कमलादीमा बुधबार साँझ भएको गोलीकाण्डमा प्रहरीको नियन्त्रणमा रहेका पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह हिजोमात्र भारतको रक्सौल हुँदै नेपाल छिरेको खुल्न आएको छ।
उनीहरु हतियारसहित नेपाल प्रवेश गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए।
सिंहद्वय भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका थिए। बुधबार उनीहरु हेरिटेज प्लाजास्थित एक रेष्टुरेन्टमा बसे। प्रहरीले बरामद गरेको गाडीको डिकीमा केही गिफ्ट सामाग्री फेला परेको छ।
उनीहरुले होटेल व्यवसायीसँग महंगो मूल्य तिरेर यौन सम्पर्कको लागी दुई जना युवतीसमेत मगाएका थिए। घटनाको अनुसन्धान गरिरहेको एक प्रहरीका अनुसार युवती नआउन्जेल उनीहरुले मस्तीले खाँदैपिउँदै गरेका थिए।
केही समयपछि दुई युवती आए। तर त्यसपछि उनीहरुले आफूहरुलाई नचाहिने बताए। यही विषयमा नै होटलका कर्मचारी बीच विवाद शुरु भइसकेको थियो। त्यसपछि उनीहरुले बिल मगाए। २२ सयको बिल आएपछि उनीहरुले महंगो भएको भन्दै कर्मचारीसँग झगडा गर्न शुरु गरे।
उनीहरुले आफूसँग ल्याएको बन्दूक देखाउँदै तर्साउन खोजे। यही क्रममा गल्तीले गोली चल्यो। उनीहरु भागे। महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको नेतृत्वमा गएको प्रहरीले उनीहरुलाई कमलादीको गणेश मन्दिरबाट पक्राउ गर्न सफल भयो।
प्रहरीले दुई युवती र एक युवकलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
उनीहरु ठूलै अपराध गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने एसएसपी धानुकले बताए।
प्रहरीले बरामद गरेको पेस्तोल।
७.६५ एमएमको गोली।