PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

​लगातार तेस्रो दिन #IamwithKpOli  प्रदर्शन, झरीमा रुझ्दै नाचगान

​लगातार तेस्रो दिन #IamwithKpOli प्रदर्शन, झरीमा रुझ्दै नाचगान

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ :  स्वतन्त्र युवा विद्यार्थी अभियानको नामबाट प्रधानमन्त्री केपी ओलीको समर्थनमा आइतबार लगातार तेस्रो दिन प्रदर्शन भएको छ। 
शुक्रबार माइतीघर मण्डलामा पहिलो पटक प्रदर्शन भएपछि शनिबारदेखि हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन गर्ने अभियानले जनाएको छ। 

आइतबार विभिन्न ब्यानरसहित उपस्थित समर्थकहरुले प्रम ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै राष्ट्रिय भावका गीतहरुमा नाचगान पनि गरेका थिए। केही वक्ताले त्यही सभामा भाषणसँगै गीत पनि गाएका थिए।

​ समर्थकहरु पानीको पर्वाह नगरी प्रदर्शनमा सहभागी भएका थिए। सुरक्षाका लागि खटिएका प्रहरी जवान पनि पानीमा रुझ्दै तैनाथ थिए।


ट्रेन्डिङ पोस्ट

Ncell