काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालले मंगलबार बिहान २ बजेर ३७ मिनेटमा संगीतज्ञ अम्बर गुरुङ मृत्यु भएको घोषणा गर्यो। अनि आफूलाई सम्हाल्न सकिनन् उनकी जीवनसंगिनी बीना गुरुङले।
विक्रम संवत् २०११ सालमा आफू जन्मिएको ठाउँ दार्जिलिङमै अम्बरले भेट्टाएका थिए आफ्नो प्रेम। पछि यो जोडीले लभ म्यारिज गर्यो। बीना सिह, अम्बर गुरुङ। त्यो समयमा पनि अन्तरजातीय विवाहको आँट गरेर उनीहरुले जोखिम मोलेका थिए।
प्यारालाइसिसका कारण थलिएकी बीना अरुको सहारामा मात्र हिँड्डुल गर्न सक्छिन्। उनी बिलौना गरिरहेकी थिइन्- सँगै बाँच्ने, सँगै मर्ने भन्थ्यो, एक्लै छाडेर गयो। ६२ वर्षसम्म जोडीले एकअर्कालाई साथ दिएकै थिए।
अस्पतालमा बीना गुरुङ।
अस्पताल परिसरमा राखिएको पार्थिव शरीरलाई स्पर्श गर्दे बीना।
प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको पार्थिव शरीर नजिकै बसेर रुँदै बीना।
बीनालाई सम्हाल्दै आफन्त र शुभचिन्तक।
यो जिन्दगीको के कुरा...अम्बरले गाएका थिए। तर मन कहाँ मान्छ र।
तिमी भूलमा पर्यौ म पनि झुक्किएँ यो भेटघाटलाई एक सङ्गम भनी नलागी कतै चोट अब छुटौं हामी मिल्दैन यहाँ दस्तुर भनी
म दूर भएर के भो अभिशाप छाएर के भो यति रोए जिन्दगीमा कि फेरि रोएर के भो