PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

PHOTO : अस्पतालदेखि आर्यघाटसम्म अम्बर गुरुङको अन्तिम यात्रा



समर्थ रञ्जित

PHOTO : अस्पतालदेखि आर्यघाटसम्म अम्बर गुरुङको अन्तिम यात्रा

त्यसो त सोमबारै मृत्युको हल्ला फैलँदा नै धापासीको ग्रान्डी अस्पतालमा धेरै शुभचिन्तकहरु पुगिसकेका थिए। अस्पतालले भने मंगलबार बिहान २ बजेर ३७ मिनेटमा स‍ंगीतज्ञ अम्बर गुरुङ मृत्यु भएको घोषणा गर्‌यो।





अस्पताल प्राङ्गणमा केही बेर शव राखियो त्यसपछि बिहान १०:५१ मा त्यहाँबाट हिँडाइयो। ११:२० प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखियो। गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च अधिकारी लगायत शुभेच्छुकहरुले श्रद्धाञ्जली दिए।
अनुराधा कोइराला। 

नेपथ्यका अमृत गुरुङ। 

राष्ट्रिय गानका रचनाकार व्याकुल माइला। 


उपप्रम चित्रबहादुर केसी। 



विजयकुमार। 



पूर्व प्रम झलनाथ खनाल।







प्रधान सेनापति। 

अम्बरका तीन छोरा र एक छोरी। 







































अपराह्न ३ बजे त्यहाँबाट आर्यघाटसम्म शवयात्रा सुरु भयो। बौद्ध परम्पराअनुसार बाजागाजासहितको शवयात्रामा प्रहरी र सेनाको टुकडी पनि साथै थियो। अम्बर गुरुङ अमर रहुन् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका उनका प्रशंसकहरु मलामी थिए। 

आर्यघाटमा उपप्रधानमन्त्रीहरु सिपी मैनाली र भीम रावल आए। रक्षामन्त्री रावलले उनको आर्यघाटमा रहेको उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए। मानार्थ महासेनानीसमेत रहेका गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीसहित सेनाका उच्च पदाधिकारीहरु आएका थिए।

प्रहरी र सैनिकको टोलीले दाहसंस्कारका क्रममा शोकधून बजाएर सम्मान प्रकट गरेका थिए। 































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell