
अहिले इन्स्ट्राग्राम र ट्विटरमा भारतीय सेलिब्रेटीहरुले हातमा ब्लेड लिएर खिचेको तस्बिरले नयाँ बहस सुरु गराएको छ। महिलाले लगाउने पहिरनप्रति पुरुषले दिने प्रतिक्रिया लक्षित तस्बिर खिचाउनेहरुमा समाजमा पहिचान बनाएका महिलाहरुको संख्या बढी छ।
हातमा रेजर लिएर खिचाएको तस्बिरसँगै उनीहरुले ह्यासट्याग प्रयोग गरेका छन् #shaveyouropinion ।
तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्नेहरुमा ब्याडमिन्टन खेलाडि ज्वाला गुट्टादेखि मन्दिरा वेदीसम्म छन्। गुट्टाले तस्बिरसँगै लेखेकी छिन्' ती सबै ब्यक्तिका लागि जो हामीलाई पहिरनको आधारमा जज गर्छन्।'
बिबिसी हिन्दीका अनुसार टिभि एक्ट्रेस जेनिफरले हातमा रेजर लिएको तस्बिर राख्दै लेखेकी छिन् ' याद राख्नुस् जब तपाई एक महिलाले लगाएको लुगाको आधारमा उनीबारे आफ्नो धारणा बनाउनुहुन्छ भने त्यसमा महिलाबारे हैन तपाईको सोचबारे खुल्छ।'
To all those who judge us for our choice of clothes, #ShaveYourOpinion pic.twitter.com/7U0lzReagJ
— Diandra Soares (@diandrasoares13) March 1, 2017
चर्चित कार्यक्रम सञ्चालिका मन्दिरा वेदीले लेखेकी छिन्' मैले लगाउने पोशाकमा जसलाई समस्या छ यो उनीहरुका लागि। तपाईँहरु किन आफ्नो विचार सफा गर्नुहुन्न।'