PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

युरो प्रिभ्यु : इटली Vs स्वीडेन



पहिलोपोस्ट

युरो प्रिभ्यु : इटली Vs स्वीडेन

युरो २०१६ मा समूह ई अन्तर्गत आज बेलुका ६:४५ बजे इटली र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ।

समूह चरणको पहिलो खेल जितेको इटली उच्च मनोबलका साथ मैदान उत्रँदैछ। बेल्जियमलाई  २–० ले हराउँदै युरोमा सुखद सुरुवात गरेको इटली दोस्रो खेलमा पनि जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने दाउमा छ। प्रतियोगिताअघि खासै चर्चा नभएको इटालियन टीम बेल्जियमलाई हराएपछि चर्चामा छ।

यता पहिलो खेलमा आयरल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको स्वीडेनका लागि इटली विरुद्धको खेल महत्वपूर्ण रहेको छ। समूहको अन्तिम खेलमा बेल्जियमसँग खेल्न बाँकी रहेको अवस्थामा रहेको स्वीडेनले इटलीसँग बराबरी वा जितका लागि खेल्नेछ। स्वीडेनसँग गोल गर्न माहिर ज्लाटन इब्राहिमोभिच जस्ता स्टार खेलाडी छन् तर डिफेन्स लाइन उत्कृष्ट रहेको इटलीविरुद्ध गोल गर्नु उति नै चुनौतीपूर्ण छ।

बेल्जियमविरुद्ध दुई गोल गर्न सफल इटलीको मिडफिल्ड र फरवार्ड लाइनको फर्म पनि निरन्तर रहे इटलीले सजिलै जित हात पार्न सक्नेछ।
इटली र स्वीडेनबीच अहिलेसम्म २२ पटक आमनेसामने हुँदा इटली १० खेलमा विजयी भएको छ भने स्वीडेनले ६ खेल जितेको छ। बाँकी ६ खेल बराबरीमै सकिएको थियो।
 

खेल हुने स्थान : स्टेडियम डे टोउुलुस, टोउुलुस

खेल हुने समय : बेलुका ६:४५ बजे

यसअघिका खेल : इटली २–० बेल्जियय, स्वीडेन १–१ आयरल्याण्ड

आगामी खेल : इटली भर्सेस आयरल्याण्ड, स्वीडेन भर्सेस बेल्जियम

फिफा वरियता : इटली १२, स्वीडेन ३५

युरोमा सहभागिता : इटली ९, स्वीडेन ६

मुख्य उपलब्धि : इटली च्याम्पियन १९६८

हेर्नलायक खेलाडी : लियानाद्रो बोनुची-इटली, ज्लाटन इब्राहिमोभिच-स्वीडेन

रेफ्री : भिक्टोर कसाई, हंगेरी

हेड टु हेट : इटली २२, स्वीडेन ६, बराबरी ६
 

सम्भावित लाइनअप 

इटली : जियानलुजी बफोन, आन्द्रे बार्जाग्ली, जर्जियो चिलेइनी, लियानाड्रो बोनुची, माट्टियो डे सिग्लियो, एन्टोनियो कान्ड्रेभा, अलेसान्द्रो फ्लोरेन्जी, ड्यानिएल डे रोसी, इमानुएल जिएचेरिनी, ग्राजियन पेल्ले, एडर
 
स्वीडेन : आन्द्रेएज इसाकसन, भिक्टोर लिन्डेलोफ, आन्द्रेएज गानभिस्ट, एरिक जोहानसन, मार्टिन ओल्सन, सेबास्टियन लार्सन, अल्विन एक्दल, किम काल्सट्रोम, एमिल फोर्सवर्ग, जोन गुइडेट्टी, ज्लाटन इब्राहिमोभिच



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell