PahiloPost

May 14, 2025 | १ जेठ २०८२

रोनाल्डो VS मेसी, को उत्कृष्ट? यस्तो छ २००९ यता ला लिगाको रेकर्ड



पहिलोपोस्ट

रोनाल्डो VS मेसी, को उत्कृष्ट? यस्तो छ २००९ यता ला लिगाको रेकर्ड

विश्व फुटबलमा यो कहिल्यै नटुंगिने बहस हो, को उत्कृष्ट रोनाल्डो की मेसी।

सबैको आ-आफ्नै फेभरेट हुन सक्छन्, तर स्पानिस ला लिगामा गरेको गोललाई तुलना गर्ने हो भने दुवै खेलाडीलाई अलग गर्न मिल्दैन।

सन् २००९ मा इंगलिस महारथी म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिय आएयता रोनाल्डो र बार्सिलोनाका लिायेन मेसीले ला लिगामा समान २७० गोल गरेका छन्।

२००९ यता रोनाल्डोले २४७ खेलमा २७० गोल गरेका हुन् भने मेसीले रोनाल्डो भन्दा ५ खेल बढी खेल्दै २७० गोल गरेका हुन्।

यी दुई खेलाडीले ला लिगा अन्तर्गत मैदानमा बिताएको समयमा पनि खासै अन्तर छैन। रोनाल्डोले ला लिगामा २१ हजार २०६ मिनेट रियलका लागि मैदानमा बिताएका छन् भने मेसीले २१ हजार २१८ मिनेट बार्सिलोनाका लागि खेलेका छन्।

यस्तै रोनाल्डोले हरेक ७८.५४ मिनेटमा एक लिग गोल गरेका छन् भने मेसीले ७८.५९ मिनेटमा एक लिगा गोल गरेका छन्।

यता गोलका लागि सहयोग गर्ने, गोल अवसर सिर्जना गर्ने र सटलाई गोलमा परिणत गर्नेमा अर्जेन्टाइन स्टार मेसी अगाडी छन्। रोनाल्डोले धेरै सट प्रहार खेल फालेका छन्।

मेसीको २८.३३ प्रतिशत सट गोलमा रुपान्तरण भएको छ भने रोनाल्डोले २०.०३ प्रतिशत सटलाई मात्र गोलमा परिणत गरेका छन्। यस अवधीमा मेसीले ९५३ सट प्रहार गर्दा रोनाल्डोले १३४८ सट प्रहार गरे।

मेसीले २००९ यता ला लिगामा १०४ गोलका लागि सहयोग गरेका छन् भने रोनाल्डोले ७८ सहयोग गरेका छन्। मेसीले ५४१ गोलका लागि अवसर सिर्जना गर्दा रोनाल्डोले ४४८ गोलका लागि अवसर सिर्जना गरेका छन्।

सन् २००९ यताका सबैखाले प्रतियोगितामा गरेर पनि मेसीले नै बढी गोल गरेका छन्। मेसीले ३९० खेलमा ३९६ गोल गरेका छन्। रोनाल्डोले ३६७ खेलमा ३८० गोल गरेका छन्।

यस अवधीमा ला लिगाको उपाधि पनि मेसीले नै धेरै जितेका छन्। मेसीले ५ ला लिगा, ३ कोपा डेल रे र २ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। रोनाल्डोले भने एक ला लिगा, २ स्पानिस कप र २ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

तर देशको मामलामा भने रोनाल्डोले पोर्चुगलबाट फ्रान्समा भएको युरोकपको उपाधि जिते। मेसीले भने दुई पटक फाइनलमा पुगेर पनि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जित्न सकेनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell