PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवा Vs प्रकाशमान; संसदीय दलको नेतामा कसले मार्ला बाजी?



पहिलोपोस्ट

देउवा Vs प्रकाशमान; संसदीय दलको नेतामा कसले मार्ला बाजी?
फोटो : उपेन्द्र लामिछाने

काठमाडौँः नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि अहिले निर्वाचन भइरहेको छ। संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। 

सहमतिको प्रयास असफल भएपछि दुई गुटबाट दुई जना उम्मेदवारी चुनावी मैदानमा छन्। कांग्रेसमा ६३ सांसद् छन्। दलको नेता बन्न ३२ सांसद् आवश्यक पर्छ। आन्तरिक समीकरण अनुसार देउवा पक्षमा ३८ र पौडेल पक्षमा २५ सांसद् रहेको दाबी गरिएको छ। पौडेल पक्षका उम्मेदवार सिंह हुन्।

यसअघि आइतबार सभापति देउवाले वारेसमार्फत् दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए। केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत् उनले उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् । यता सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सांसद सञ्जय गौतम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell