PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : नेपाल vs पिएनजी (प्रिभ्यु)



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपाल vs पिएनजी (प्रिभ्यु)

काठमाडौं : नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बिहीवार प्लेअफमा भिड्नुअघि दुवैको एउटै लक्ष्य हुनेछ, डिभिजन टू मा घटुवा हुनबाट जोगिनु र वान डे इन्टनरनेशनल (ओडिआई) स्ट्याटस को सम्भावना कायम राख्नु।

जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपाल र पिएनजी 'क्रस प्लेअफ' खेल्दैछन्। नेपाल समूह बी मा चौथो तथा पिएनजी समूह बी मा पाँचौ हुँदै प्लेअफका लागि छनोट भएको हो।

यस्तै बिहीवारै अर्को प्लेअफमा समूह ए को चौथो नेदरल्याण्ड्स र समूह बी को पाँचौ हङकङ भिड्दैछन्। नेपाल र पिएनजी जस्तै हङकङको लक्ष्य पनि ओडिआई स्ट्याटस हात पार्नु नै रहेको छ।

वर्ल्डकप क्वालिफायर खेल्न जानुअघि हङकङ र पिएनजीसँग ओडिआई स्ट्याटस थियो तर अब यी दुई मध्ये कुनै एकले मात्र त्यो उपलब्धि जोगाउन सक्छ वा दुवै डिभिजन टू मा पनि झर्न सक्छ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको ओडिआई स्ट्याटस पक्का भएको छ। प्लेअफमा पराजित भएपनि त्यसले नेदर्लयाण्ड्सलाई कुनै असर गर्नेछैन। त्यसैले बाँकी तीन टोलीका लागि क्रस प्लेअफ जित्नैपर्ने दबाब छ ओडिआई स्ट्याटस हात पार्न।

यदी नेपालले पिएनजीलाई पराजित गर्ने र हङकङ नेदरल्याण्ड्स सँग पराजित भएमा नेपालले सातौँ स्थानको लागि प्लेअफ खेल्नुअघि नै ओडिआई स्टयाटस हात पार्नेछ। पिएनजीको हकमा पनि त्यही लागु हुनेछ। नेदरल्याण्ड्स पराजित हुनेर नेपाल वा पिएनजी जो विजयी भएपनि सातौँ स्थानको प्लेअफ ओडिआई स्ट्याटसका लागि निर्णायक हुनेछ।

हङकङले नेदरल्याण्ड्सलाई पराजित गरेमा हङकङ र नेपाल/पिएनजीबीचको विजेताले ओडिआई स्ट्याटस प्राप्त गर्नेछ।

नेदरल्याण्ड्सबाहेक क्वालिफायरका उत्कृष्ट तीन एसोसिएट टिमले ओडिआई स्ट्याटस पाउने प्रावधान थियो। स्कटल्याण्ड र युएईले समूह चरण परा गरेर सुपर सिक्समा स्थान बनाउँदै उक्त उपलब्धी हासिल गरिसकेको छ।

नेपाल र पिएनजीले समूह चरणमा राम्रो प्रदर्शन गरेपनि सुपर सिक्समा स्थान बनाउन पर्याप्त रहेन। नेपालको समूहबाट अफगानिस्तान, नेपाल र हङकङले समान १ खेल जित्दै २ अंक जोडेपनि रनरेटमा अगाडी रहदै अफगानिस्तान सुपर सिक्स पुगेको हो। उता पिएनजीले समूह चरणमा खेलेका सबै चारवटै खेलमा हार बेहोर्‍यो।

समूह चरणमा पिएनजीका टोनी उरा र कप्तान असाद भालाले ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए भने बलिङमा नर्मोन भानुअले ८ तथा अलेई नाओले ६ विकेट लिएका थिए।

यता नेपालको तर्फबाट ब्याटिङमा कप्तान पारस खड्काले १८९ तथा रोहित कुमार पौडेलले ९४ रन बनाएका थिए। बलिङमा नेपालका सन्दीप लामिछानले ७ तथा बसन्त रेग्मीले ६ विकेट लिएका थिए।

नेपाल र पिएनजीले अहिलेसम्म दुई खेल खेलेका छन्। जसमा दुवै खेल पिएनजीले जितेको थियो।


प्लेअर्स टु वाच

रोहित कुमार पौडेल (नेपाल)

कप्तान पारस खड्कापछि नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी हुन रोहित कुमार पौडेल। समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दा रोहितले नटआउट ४८ रन बनाए। थिए। १५ वर्षीय रोहितले जिम्बावेमा ९४ रन बनाएका छन्। लोअर मिडल अडरमा ब्याटिङ गर्ने रोहितले चाँडै विकेट जाँदा नेपालको इनिङ्स सम्हाल्ने गर्छन्। अफगानिस्तान विरुद्ध छैटौँ नम्बरमा ब्याटिङ गरेका रोहित १ रन मा आउट भएका थिए। त्यस खेलमा बाहेक रोहितले नेपालको लागि खेलेका बाँकी ९ खेलमा दोहोरो अंक जोडेका छन्।


टोनी उरा (पिएनजी)

क्वालिफायरमा सर्वाधिक रन बनाउने खेलाडीको लिस्टमा टोनी उरा आयरल्याण्डका विलियम पोटरफिल्डसँगै संयुक्त रुपमा पाँचौ स्थानमा छन्। उराले समूह चरणमा ४ खेल खेल्दै १९१ रन बनाएका थिए।

उनले आयरल्याण्ड विरुद्धको खेलमा १५१ रन बनाएका थिए। वर्ल्ड क्रिकेट लिग अन्तर्गत सन् २०१५ मा भएको खेलमा उराले नेपाल विरुद्ध ३० र २४ रन बनाएका थिए।

 

समूह चरणमा दुई टिमका उत्कृष्ट खेलाडी

नेपालको उत्कृष्ट खेलाडीहरु

पारस खड्का : १८९ रन

सन्दीप लामिछाने : ७ विकेट
 

पिएनजीका उत्कृष्ट खेलाडीहरु

टोनी उरा : १९१ रन

नोर्मन भनुअ : ८ विकेट

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell