
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरको सातौँ स्थानका लागि नेपाल र नेदरल्याण्डबीच शनिवार प्लेअफ म्याच हुँदैछ। क्रस प्लेअफमा नेपालले पिएनजीलाई ७ विकेटले तथा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि स्थान बनाएका हुन्।
नेपाल र नेदरल्याण्ड्स विजयी भएसँगै नेपालले पहिलो पटक ओडिआई स्ट्याटस समेत हात पारेको छ। वर्ल्ड क्रिकेट लिग जितेको कारण नेदरल्याण्ड्सले समेत यसअघि नै ओडिआई स्ट्याटस पक्का गरिसकेको छ। तर क्वालिफायरमा यी दुई टिमले खेलेका खेलहरुले लिस्ट ए को मान्यता मात्र पाएको थियो। अब यी दुईले यो प्रतियोगितापछि नै उक्त मान्यता पाउने भएकोले अन्तिम पटक लिस्ट म्याच खेल्दैछ।
समूह चरणमा शीर्ष तीनमा रहन नसकेपछि नेपाल र नेदरल्याण्ड्ससँगै पिएनजी र हङकङ प्लेअफमा धकेलिएको थियो। प्लेअफमा पराजित भएका पिएनाजी र हङकङ ओडिआई स्ट्याटस गुमाउँदै डिभिजन टू मा घटुवा हुने भएको छ।
यी दुई बीच शनिवारै नवौँ स्थानको लागि प्लेअफ खेल हुनेछ।
नेपाल भर्सेस नेदरल्याण्ड्स हेड टु हेड
नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन्। जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका छन्। चार वर्षअघि वर्ल्डकप क्वालिफायरको प्लेअफ खेलमै नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भएको थियो। यस्तै २०१५ को डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। २०१५-१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दुवैले एक एक खेल जितेका थिए।
२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १७१/९ (५० ओभर) नेदरल्याण्ड्स १७२/३ (३१.५ ओभर)
नेदरल्याण्ड्स ७ विकेटले विजयी
२०१५ डिभिजन-२
नेदरल्याण्ड्स १५८/१० (४९.५ ओभर) नेपाल १५९/८ (४९.३ ओभर)
नेपाल २ विकेटले विजयी
२०१६ डब्लुसिएल
नेपाल ९४/१० (३८.१ ओभर) ९६/३ (१६.५ ओभर)
नेदरल्याण्ड्स ७ विकेटले विजयी
२०१६ डब्लुसिएल
नेपाल २१७/९ (५० ओभर) १९८/१० (४८.३ ओभर)
नेपाल १९ रनले विजयी