
युरो २०१६ अन्तर्गत आज राति समूह डी का दुई खेल हुँदैछन्। पहिलो खेलमा राति ९:४५ बजे चेक रिपर क्रोएसियाबिच प्रतिस्पर्धा हुनेछ भने राति १२:४५ मा स्पेन र टर्की भिड्नेछन्।
चेक रिपब्लिक भर्सेस क्रोएसिया
पहिलो खेलमा स्पेनसँग अन्तिम समयमा पराजित भएको चेक रिपब्लिकको लागि आजको खेल महत्वपूर्ण छ। प्रतियोगितामा टिकिराख्नको लागि चेकले जित वा बराबरी नतिजा निकाल्नु जरुरी छ। यता पहिलो खेलमा टर्कीलाई पराजित गरेको क्रोएसिया चेकलाई हराउँदै अन्तिम १६ मा पुग्ने तयारीमा छ।
क्रोएसिया पहिलो खेलमा विजयी गोल गरेको लुका मोडरिचमाथि निर्भर छ भने चेकका गोलरक्षक पिटर चेक क्रोएसियाका लागि बाधक बन्न सक्छ।बाबुका निधनका कारण घर फर्केका क्रोएसियाका कप्तान डारिजो श्राना फ्रान्स फर्किसकेका छन् भने चेकविरुद्ध कप्तानी गर्नेछन् ।
खेल हुने स्थान : स्टेड जिओफ्रि गुएचार्ड, सेन्ट एटिने
खेल हुने समय : ९:४५ बजे राति
यसअघिका खेल : चेक रिपब्लिक ०–१ स्पेन, क्रोएसिया १–० टर्की
आगामी खेल : चेक रिपब्लिक भर्सेस टर्की, क्रोएसिया भर्सेस स्पेन
फिफा वरियता : चेक रिपब्लिक ३०, क्रोएसिया २७
युरोमा सहभागिता : चेक रिपब्लिक ९, क्रोएसिया ५
मुख्य उपलब्धि : चेक उपविजेता १९९६
हेर्नलायक खेलाडी : पिटर चेक- चेक रिपब्लिक, इभान राकिटिक- क्रोएसिया
रेफ्री : मार्क क्लाटेनवर्ग इंगल्याण्ड
हेड टु हेड : क्रोएसिया १, चेक ०, बराबरी १
स्पेन भर्सेस टर्की
युरो उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेको स्पेन समूह चरणमा लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ मा प्रवेश गर्ने दाउमा छ। जेरार्ड पिकेले अन्तिम समयमा गरेको गोलले स्पेनले चेक रिपब्लिकलाई हराएको थियो।यता पहिलो खेलमा क्रोएसियासँग पराजित भएको टर्कीलाई अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै राख्न स्पेनविरुद्ध आफू अनुकूल नतिजा निकाल्नुपर्नेछ।
खेल हुने स्थान : एलिएन्ज रिभिएरा
खेल हुने समय : १२:४५ बजे मध्यराति
यसअघिका खेल : स्पेन १–० चेक रिपब्लिक, टर्की ०–१ क्रोएसिया
आगामी खेल : स्पेन भर्सेस क्रोएसिया, टर्की भर्सेस चेक रिपब्लिक
फिफा वरियता : स्पेन ६, टर्की १८
युरोमा सहभागिता : स्पेन १०, टर्की ४
मुख्य उपलब्धि : स्पेन च्याम्पियन १९६४, २००८, २०१२
हेर्नलायक खेलाडी : अल्भारो मोराटा स्पेन, अर्दा टुरान टर्की
रेफ्री : मिलोराड मजिक
हेड टु हेड : स्पेन ५, टर्की १, बराबरी ४
सम्भावित लाइनअप
स्पेन : डेविड डे हेए, हुअफ्रान, सर्गियो रामोस, जेराड पिके, जोर्दी अल्वा, सर्जियो बुस्केट, सेस फाब्रेगास, आन्द्रेज इनेस्टा, डेविड शिल्भा, अल्भारो मोराटा, नोलिटोटर्की : भोल्कन बाबाकान, गोखन गोनुल, सेमि काया, हाकन बाल्टा, कानर एर्किन, मेहमेत टोपाल, सेलकुक एनान्, ओगुनान ओज्याकुप, भोल्कन सेन, हाकोन चाल्हानोग्लु, अर्दा टुरान