
युरो २०१६ अन्तर्गत आज राति समूह सी का अन्तिम दुई खेल हुँदैछन्। दुवै खेल राति ९:४५ बजे हुनेछ।
एकै समयमा युक्रेन र पोल्याण्ड तथा उत्तरी आयरल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह सी बाट युक्रेन यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने बाँकी ३ टीमको अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायम छ। समान ४ चार अंक जोडेका जर्मनी र पोल्याण्ड समूहमा पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंक जोडेको उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा छ। अंकविहीन पोल्याण्ड पुछारमा छ।
युक्रेन भर्सेस पोल्याण्ड

युक्रेन युरो २०१६ को समूह चरणबाटै बाहरिने पहिलो टीम हो। यसअघिका दुवै खेलमा हार बेहोरेको युक्रेनले यस संस्करणमा गोल गर्न सकेको छैन। दोस्रो पटक युरो कप खेल्दै गरेको युक्रेन पोल्याण्डसँगको खेलमा बिनादबाब मैदान उत्रनेछ र अन्तिम खेलमा जित हात पार्दै प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछ।
तेस्रो पटक युरो खेल्दै गरेको पोल्याण्डले समूहको पहिलो खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको थियो, जुन पोल्याण्डको युरो इतिहासमै पहिलो जित हो। दुई खेलबाट ४ अंक जोडेको पोल्याण्डको लागि अन्तिम १६ मा स्थान बनाउन युक्रेनविरुद्ध बराबरी नै पर्याप्त हुनेछ। जितले पोल्याण्ड समूहको विजेता पनि बन्न सक्नेछ यदि जर्मनीले उत्तरी आयरल्याण्डसँग बराबरी खेलेको खण्डमा।
खेल हुने स्थान : स्टेड भेलोड्रोन, मार्से
खेल हुने समय : राति ९:४५
यसअघिका खेल : युक्रेन ०–२ जर्मनी, युक्रेन ०–२ उत्तरी आयरल्याण्ड, पोल्याण्ड १–० उत्तरी आयरल्याण्ड, पोल्याण्ड ०–० जर्मनी
फिफा वरियता : युक्रेन १९, पोल्याण्ड २७
युरोमा सहभागिता : युक्रेन २, पोल्याण्ड ३
हेर्नलायक खेलाडी : रोबर्ट लेनान्डास्की, पोल्याण्ड
रेफ्री : स्भेइन ओडभार मोइन, नर्वे
हेड टु हेड : युक्रेन ३, पोल्याण्ड २, बराबरी २
खेल हुने समय : राति ९:४५
यसअघिका खेल : युक्रेन ०–२ जर्मनी, युक्रेन ०–२ उत्तरी आयरल्याण्ड, पोल्याण्ड १–० उत्तरी आयरल्याण्ड, पोल्याण्ड ०–० जर्मनी
फिफा वरियता : युक्रेन १९, पोल्याण्ड २७
युरोमा सहभागिता : युक्रेन २, पोल्याण्ड ३
हेर्नलायक खेलाडी : रोबर्ट लेनान्डास्की, पोल्याण्ड
रेफ्री : स्भेइन ओडभार मोइन, नर्वे
हेड टु हेड : युक्रेन ३, पोल्याण्ड २, बराबरी २
सम्भावित लाइनअप
युक्रेन : बोएको, बुच्को, काचेरेडी, कुचर, सेभचुक, राएबाल्का, रोतन, गार्मास यर्मोलेन्को, कोनोप्लाएङ्का, जुजल्या
पोल्याण्ड : लुकास फावियन्स्की, लुकास पिजाजेक, कमिल ग्लिक, माइकल पाज्दान, अर्टुर एद्रायाज्की, ज्याकुल ब्लाज्कोवस्की, ज्रेगोर्ज क्रिचोवियक, किर्जटोफ माकीन्स्की, अर्काडिउस मिलिक, रोबर्ट लेवान्डास्की
उत्तरी आयरल्याण्ड भर्सेस जर्मनी

पहिलो पटक युरो खेल्दै गरेको आयरल्याण्ड र सर्वाधिक तीन पटकको युरो च्याम्पियन जर्मनीबीचको खेल अन्तिम १६ मा स्थान बनाउनका लागि दुवै टीमलाई महत्वपूर्ण हुनेछ। पहिलो खेलमा पोल्याण्डसँग पराजित भएको उत्तरी आयरल्याण्डले दोस्रो खेलमा युक्रेनलाई पराजित गरेको थियो। जर्मनी विरुद्धको खेलमा आफू अनुकूल नतिजा निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ, उत्तरी आयरल्याण्ड।
जर्मनीसँग बराबरी नतिजाले पनि उत्तरी आयरल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहन्छ भने पराजित भए अन्य समूहको नतिजा पर्खनुपर्नेछ।
यता स्पेनसँगै तीन पटकको विजेता जर्मनी बराबरीले पनि अन्तिम १६ मा पुग्नेछ भने जित हात पारे समूह विजेता बन्न सक्नेछ। उत्तरी आयरल्याण्डसँग हार बेहोरे पनि जर्मनी उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुग्न सक्नेछ।
खेल हुने स्थान : पार्क डे फ्रान्स, पेरिस
खेल हुने समय : राति ९:४५
यसअघिका खेल : उत्तरी आयरल्याण्ड ०–१ पोल्याण्ड, उत्तरी आयरल्याण्ड २–० युक्रेन, जर्मनी २–० युक्रेन, जर्मनी ०–० पोल्याण्ड
फिफा वरियता : उत्तरी आयरल्याण्ड २५, जर्मनी ४
युरोमा सहभागिता : उत्तरी आयरल्याण्ड १, जर्मनी १२
मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६
हेर्नलायक खेलाडी : मारियो गोट्चा, जर्मनी
रेफ्री : क्लेमेन्ट टुर्पिन, फ्रान्स
हेड टु हेड : जर्मनी ८, उत्तरी आयरल्याण्ड २, बराबरी ४
खेल हुने समय : राति ९:४५
यसअघिका खेल : उत्तरी आयरल्याण्ड ०–१ पोल्याण्ड, उत्तरी आयरल्याण्ड २–० युक्रेन, जर्मनी २–० युक्रेन, जर्मनी ०–० पोल्याण्ड
फिफा वरियता : उत्तरी आयरल्याण्ड २५, जर्मनी ४
युरोमा सहभागिता : उत्तरी आयरल्याण्ड १, जर्मनी १२
मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६
हेर्नलायक खेलाडी : मारियो गोट्चा, जर्मनी
रेफ्री : क्लेमेन्ट टुर्पिन, फ्रान्स
हेड टु हेड : जर्मनी ८, उत्तरी आयरल्याण्ड २, बराबरी ४
सम्भावित लाइनअप
उत्तरी आयरल्याण्ड : म्याकगोभर्न, हग्स, म्याकअउली, क्याथकार्ट, जे इभान्स, वार्ड, सी इभान्स, डेभिस, नोर्वुड, डल्लास, वासिङ्गटन
जर्मनी : मानुएल नोए, बेनेडिक्ट हावेडेस, माट्स हुम्मेल्स, जोनास हेक्टर, जेरोम बोएटेङ, टोनी क्रुस, सामी खेडिरा, मेसुट ओजिल, थोमस मुलर, आन्द्रे सुरेल, मारियो गोट्चा