
युरो २०१६ अन्तर्गत आज राती समूह डी का अन्तिम दुई खेल हुँदैछन्। समूह डी का दुवै खेल मध्य राती १२ः४५ बजे हुनेछ। जसमा चेक रिपव्लिक र टर्की तथा क्रोएसिया र स्पेन बीच प्रतिस्पर्धा हुनेछ।
चेक रिपव्लिक भर्सेस टर्की

समूह डी को पछिल्लो दुई स्थानमा छन् चेक र टर्की। चेकको एक अंक छ भने टर्की अंक बिहिन छ। यस्तो खवस्था अन्तिम १६ मा स्थान बनाउन दुवै टीमका लागि खेल जित्नैपर्ने बाध्यता छ।
चेकले जिते उसको चार अंक हुनेछ र तेस्रो स्थान हात पार्ने मध्येबाट अन्तिम १५ मा छनोट हुन सक्नेछ। यता टर्कीले जितेमा उसको तीन अंक हुनेछ र अन्तिम १६ प्रवेशका लागि अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ।
चेक पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो भने दोस्रो खेलमा क्रोयासियासँग बराबरी खेलेको थियो। यता क्रोएसिया र टर्कीसँग पराजित भएको टर्कीले अहिलेसम्म गोलको खाता खोल्न सकेको छैन।
खेल हुने स्थान :स्टेड बोलार्ट डेलेसिस
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : चेक ०–१ स्पेन, चेक २–२ क्रोएसिया, टर्की ०–१ क्रोएसिया, टर्की ०–३ स्पेन
फिफा वरियता : चेक ३०, टर्की १८
युरोमा सहभागिता : चेक ९, टर्की ४
मुख्य उपलब्धी : चेक उपविजेता १९९६, टर्की सेमिफाइनल २००८
हेर्नलायक खेलाडी : पिटर चेक, चेक रिपव्लिक
रेफ्रि : विलियम कोलुम, स्कटल्याण्ड
हेड टु हेट : चेक ५, टर्की ३, बराबरी १
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : चेक ०–१ स्पेन, चेक २–२ क्रोएसिया, टर्की ०–१ क्रोएसिया, टर्की ०–३ स्पेन
फिफा वरियता : चेक ३०, टर्की १८
युरोमा सहभागिता : चेक ९, टर्की ४
मुख्य उपलब्धी : चेक उपविजेता १९९६, टर्की सेमिफाइनल २००८
हेर्नलायक खेलाडी : पिटर चेक, चेक रिपव्लिक
रेफ्रि : विलियम कोलुम, स्कटल्याण्ड
हेड टु हेट : चेक ५, टर्की ३, बराबरी १
सम्भावित लाइनअप
चेक रिपव्लिक : चेक, काडेरबेक, सिभोक, हुबिनक, सेलासी, डारिडा, पाभेल्का, स्कालक, डोकाल, क्रेसी, नेसिडटर्की : भोल्कन बाबाकान, गोखन गोनुल, सेमि काया, हाकन बाल्टा, कानर एर्किन, मेहमेत टोपाल, सेलकुक एनान्, ओगुनान ओज्याकुप, भोल्कन सेन, हाकोन चाल्हानोग्लु, अर्दा टुरान
क्रोएसिया भर्सेस स्पेन

डिफेन्डिङ च्याम्पियन स्पेन लगातार तेस्रो उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा छ। यस अघि समूहका दुवै खेल जित्दै अन्तिम १६ मा स्थान बनाइसकेको स्पेनले समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग खेल्दैछ।
क्रोएसियासँग जिते वा बराबरी खेलेपनि स्पेन समूह डी को विजेता बन्नेछ भने पराजित भए समूह उपविजेता बन्नेछ। क्रोएसियालाई भने अन्तिम १६ मा स्थान बनाउन स्पेन विरुद्ध बराबरी नै पर्याप्त हुनेछ। यस्तोमा चेक र टर्कीको समूह उपविजेता बन्ने होड सकिनेछ।
खेल हुने स्थान : स्टेड डे बोर्डे, बोर्डे
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : क्रोएसिया १–० टर्की, क्रोएसिया २–२ चेक, स्पेन १–० चेक, स्पेन ३–० टर्की
फिफा वरियता : क्रोएसिया २७, स्पेन ६
युरोमा सहभागिता : क्रोएसिया ५, स्पेन १०
मुख्य उपलब्धी : स्पेन विजेता सन् १९६४, २००८, २०१२
हेर्नलायक खेलाडी : अल्भारो मोराटा, स्पेन
रेफ्रि : बिजोन कुइपरस, नेदरल्याण्ड
हेड टु हेट : स्पेन ३, क्रोएसिया १, बराबरी १
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : क्रोएसिया १–० टर्की, क्रोएसिया २–२ चेक, स्पेन १–० चेक, स्पेन ३–० टर्की
फिफा वरियता : क्रोएसिया २७, स्पेन ६
युरोमा सहभागिता : क्रोएसिया ५, स्पेन १०
मुख्य उपलब्धी : स्पेन विजेता सन् १९६४, २००८, २०१२
हेर्नलायक खेलाडी : अल्भारो मोराटा, स्पेन
रेफ्रि : बिजोन कुइपरस, नेदरल्याण्ड
हेड टु हेट : स्पेन ३, क्रोएसिया १, बराबरी १
सम्भावित लाइनअप
क्रोएसिया : सुबासिक, श्रना, कोर्लुका, भिदा, स्ट्रिनिक, ब्रोजोभिक, बाजेल, पिजाका राकिटिक, मान्डुकिच, पेरिसिकस्पेन : डेविड डे हेए, हुअफ्रान, सर्गियो रामोस, जेराड पिके, जोर्दी अल्वा, सर्जियो बुस्केट, सेस फाब्रेगास, आन्द्रेज इनेस्टा, डेविड शिल्भा, अल्भारो मोराटा, नोलिटो