PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​दिपिकाको पहिलो हलिउड फिल्म xxx : रिटर्न अफ जेन्डर केज भारतमा रिलिज हुने



पहिलोपोस्ट

​दिपिकाको पहिलो हलिउड फिल्म xxx : रिटर्न अफ जेन्डर केज भारतमा रिलिज हुने

दिपिका पादुकोणको पहिले हलिउड फिल्म xxx : रिटर्न अफ जेन्डर केज सबैभन्दा पहिला भारतमा रिलिज हुने भएको छ। दिपिकाले टुइट गरेर १४ जनवरीमा फिल्म भारतमा रिलिज हुने जानकारी दिएकी हुन्।

हलिउडका स्टार विन डीजल नायक रहेको फिल्ममा दिपिकाले सेरेना अंगर नामको एजेन्टको भुमिकामा अभिनय गरेकी छिन्। फिल्ममा अभिनय गर्न सहमत हुनु अगाडि उनले फिल्म भारतमा रिलिज हुनुपर्ने सर्त राखेकी थिइन् ।

सो फिल्म इनसाइड र इगल आई निर्देशन गरेका डी जे कारुसोले निर्देशन गरेका हुन्। फिल्मको ट्रेलर जारी भएसँगै दिपिकाको प्रशंसा भएको थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell